२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

रोलरको ठक्करबाट एक जनाको मृत्यु

himalayanlife
२०८१ फागुन ९ गते १६:३९
Shares
रोलरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंः काठमाडौं महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौंको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार उनलाई पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर