कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका–७ गणेशपुरमा १५ महिने बालकको नालीको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय महिपाल धोबीका छोरा हिमान्शु धोबी घर अगाडि नालीको पानीमा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
प्रहरीका अनुसार नालीमा ढक्कन नभएको र पानी जमेको स्थानमा बालक अड्किएको हुनसक्ने अनुमान गरिएको छ । घटना भएको बेला बालकका बुबा–आमा घरमा नभएको र दिउँसो खेल्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए ।
शवलाई पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।