२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

लोकतन्त्रको विकल्प छैन : गृहमन्त्री लेखक

hardik ivf
मध्यान्ह
२०८१ फागुन १० गते १५:२२
लोकतन्त्रको विकल्प छैन : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए ।

“अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो, त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ”, उनले भने ।

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए । १० वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औंल्याए । 

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता हुन् भन्दै उनले राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफू लागिपरेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise