काठमाडौं : बाल गायिका शुभाङ्गी खड्काको नयाँ गीत बजारमा आएको छ । आफ्नै युट्युब च्यानल सुभाङ्गी कल्चर क्रियशन नेपाल बाट 'बाबा आमा' बोलको गीत सार्वजनिक भएको हो ।
काष्ठमण्डप विद्यालयको कक्षा ४ मा अध्ययनरत शुभाङ्गीको यो पहिलो प्रयास हो । रियालिटी सो सिङगिङ आइडलका विजेता रबि ओडको लय सिर्जना, प्रकाश सापकोटाको शब्द, विश्व अधिकारीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतको भिडियोमा शुभाङ्गीका पिता समाजसेवी सुवास खड्का र माता सुनिता खड्का र स्वयं शुभाङ्गीको अभिनय देख्न सकिन्छ ।
शुभाङ्गीका पिता सुवास खड्का चलचित्र कलाकार संघ, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहकार, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका सल्लाहकारसमेत हुन् । खड्का गायन, अभिनय र समाजसेवामा निकै अघिदेखि सक्रिय भएकाले शुभाङ्गीले बुबाकै बाटो पछ्याएको भान हुन्छ ।