रौतहट : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरुविरुद्ध जनस्तरबाटै विद्रोह हुने बताएक छन् । रौतहट राजपुर नगरपालिकामा आजपाद्वारा शनिबार आयोजित नगर भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले देवताको भूमि रहेको मौलापुरको मधानी महोत्सव रोक्न खोज्ने जनस्तरबाटै विद्रोह हुने चेतावनी दिए ।
उनले भने, ‘मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुनेछन्, यो देवताको भूमि हो । अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव, अनि नेपाल र भारतका लाखौं भक्तजनको आस्था जोडिएको यो महोत्सव रोकिए । जनस्तरबाटै विद्रोह हुन्छ ।’
यस्तै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे । उनले भने, ‘काठमाडौंमा मात्रै एक हजार रोपनी जग्गा हिनामिना भएको छ । नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा परेको विषय बाहिरिएको छ, किन यो अवस्था आयो ?’