मुग्लिङः नारायणगढ सडकखण्डको २ किलोमा मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा त्रिशूली नदीमा खसेका मोटरसाइकल चालक रोहित रानाको शव फेला परेको छ ।
उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै १० दिनपछि फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले उनको शव फेला परेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए ।
फागुन २ गते बिहान करिब १२ बजेको समयमा उनको मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेवैको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा उनी त्रिशूलीमा खसेका थिए। उनी भारतीय सेनामा कार्यरत थिए ।