२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

कतारमा ३३ जना नेपालीले गरे रक्तदान

shivam cement
तिलु शर्मा पौडेल
२०८१ फागुन ११ गते १३:०८
Shares
कतारमा ३३ जना नेपालीले गरे रक्तदान

दोहा, कतार : प्रवासी भुजेल समाज कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रक्तदाता संघ कतारसँगको समन्वय तथा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रम मार्फत ३३ जना नेपालीले  रक्तदान गरेका छन् । “रक्तदान, जीवनदान हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नारालाई अंगीकार गर्दै समाजले शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।  

'आफूले पनि रक्तदान गरौं, अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं' भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष विकास भुजेलले मध्यान्ह दैनिकलाई जानकारी दिए । उनले शुद्ध एक पिन्ट रगत दान गर्ने र कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे । पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको समाजले रक्दाताहरुलाई कदर पत्र प्रदान गरेको थियो ।

रक्तदान कार्यक्रममा नेपाली नियोगका प्रथम सचिव कृष्ण कुमार सुबेदी, डा. योगी विकासनन्द तथा माता कम्लेस्वरी, कतारमा स्थापित वैचारिक संगठनका प्रमुख तथा प्रतिनिधि, सामुदायिक, सामाजिक, सांगीतिक संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कलाकारहरू सहित नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । “भुजेल जातिको र विकास उन्नतिको आधार, सांस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मूल नारा लिएर कतारमा सन् २०१० मा स्थापना भएको भुजेल समाजले निरन्तर रूपमा यस्ता विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।

सम्बन्धित खबर