२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

draupadi film
मध्यान्ह
२०८१ फागुन ११ गते १४:०४
माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्ग प्रशस्त गर्न माग गरेका हुन् ।

सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए ।

‘सरकारको अकर्मन्यता र वित्तीय क्षेत्र सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल यो लज्जाजनक अवस्थामा पुगेको छ । यसप्रति खेद व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘यसले सरकार सुशासनको पक्षमा छैन र सम्पूर्ण रुपले असफल भयो भन्ने पुष्टि भयो । अब सरकारले नैतिक रुपमा आफ्नो मार्ग  प्रशस्त गर्नुपर्छ ।’

ADV

सम्बन्धित खबर

Advertise