२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

छापा माध्यमलाई पाठक केन्द्रित बनाउन सभामुख घिमिरेको आग्रह

himalayanlife
२०८१ फागुन ११ गते २१:३७
Shares
छापा माध्यमलाई पाठक केन्द्रित बनाउन सभामुख घिमिरेको आग्रह

काठमाडौं : सभामुख देवराज घिमिरेले छापा माध्यमलाई पाठक केन्द्रित बनाउन आग्रह गरेका छन् । 

मध्यान्ह राष्ट्रिय दैनिकले आफ्नो स्थापनाको २३औं वर्ष प्रवेशको उपलक्ष्यमा आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख घिमिरेले पत्रिकाले पाठकहरूको रुचि, प्राथमिकता र समस्याहरूलाई राम्रोसँग बुझेर सामग्री तयार गर्न सके पत्रिकाको भविष्य सुरक्षित गर्न सकिने बताए ।

पत्रिकाले पाठकहरूको रुची, प्राथमिकता र समस्याहरूलाई राम्रोसँग बुझेर सामग्री तयार गर्न सके पत्रिकाको भविष्य सुरक्षित गर्न सकिने उनले बताए । 

संसदमा विचाराधीन कतिपय प्रेससँग सम्बन्धित विधेयकहरूका विषयमा आफू जानकार रहेको भन्दै उनले संविधान तथा कानुनले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी संसदले कुनै पनि कानुन निर्माण नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

मध्यान्ह राष्ट्रिय दैनिकको नेतृत्वमा महिला रहेको भनेर सभामुख घिमिरेले प्रशंसा गर्दै मध्यान्ह दैनिक २३औं वर्षमा प्रवेश गरेकोमा शुभकामना तथा बधाई दिए ।

ताजा खबर

सम्बन्धित खबर