२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पाँचथरका पत्रकार बास्कोटाको पुस्तक बजारमा

Nada
२०८१ फागुन ११ गते २१:४६
Shares
पाँचथरका पत्रकार बास्कोटाको पुस्तक बजारमा

विराटनगर : लोपउन्मुख रेडपाण्डा(हाब्रे)बारे जानकारी गराउने उद्देश्यले तयार गरिएको ‘नेपालमा हाब्रे’ पुस्तक इलाममा विमोचन गरिएको छ । पाँचथर फिदिमका पत्रकार गिरिराज बास्कोटाद्वारा सम्पादित उक्त पुस्तक इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश वन मन्त्रालयका सचिव विशाल घिमिरे, रेडपाण्डा नेटवर्कका नेपाल निर्देशक आङफुरी शेर्पा, वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय लामिछानेसहितले पुस्तक संयुक्त रूपमा विमोचन गरेका हुन् ।

ncell

विमोचनमा इलाम जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय लामिछाने, नेपाल सरकारका पूर्वसचिव विमल कोइराला, डिभिजन वन कार्यालय इलामका प्रमुख विरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

पुस्तकमा नेपालमा पाइने हाब्रेको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् । जसमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाइ, विप्लव भट्टराई, भीम चापागाईं, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख प्रकाशन रहेको छ । 

विमोचन समारोहमा बोल्दै पत्रकार बास्कोटाले उक्त  पुस्तकमा पूर्वी नेपालमा रेडपाण्डा संरक्षणमा सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयासहरुसँगै समुदायको सक्रियताका बारे जानकारी दिने लेखहरु समावेस भएको बताए ।   

कार्यक्रमका अतिथिहरूले पुस्तकले रेडपाण्डाबारे नीति निर्माण र संरक्षणमा सघाउ पुर्‍याउने बताएका थिए । यसअघि पत्रकार बास्कोटाले आफ्नै पुस्तक ढुंगाको प्रेम कविता संग्रह र कञ्चनजंघाको काखबाट नियात्रा बजारमा ल्याइसकेका छन् ।

सम्बन्धित खबर