२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

कपिलवस्तुमा ठूलो मात्रामा चरेससहित तीन जना पक्राउ

draupadi film
शहबाज खान
२०८१ फागुन ११ गते २२:१५
कपिलवस्तुमा ठूलो मात्रामा चरेससहित तीन जना पक्राउ

कपिलवस्तु : कृष्णनगर नगरपालिका–२ यात्रु गेट नजिकैबाट ठूलो मात्रामा चरेससहित तीन जना पक्राउ परेका छन् । 

कृष्णानगर प्रहरी विशेष टोलीले रोल्पाका ४८ वर्षीय प्रेमसरी रोका, रुकुम पूर्वकी २६ वर्षीया सरिता पुन मगर र कपिलवस्तु शिवराज–९ का ६६ वर्षीय सुकलाल घर्ती मगरलाई चरेससहित पक्राउ गरेको हो । उनीहरूको साथबाट १४ किलो ७७४ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार प्रेमसरीको साथबाट ५ किलो ९६८ ग्राम, सरिता पुन मगरको साथबाट ५ किलो ६७८ ग्राम, र सुकलाल घर्ती मगरको साथबाट ३ किलो १२८ ग्राम चरेस जस्तो देखिने पदार्थ फेला परेको हो । साथै उनीहरूको साथबाट तीन वटा मोबाइलसमेत बरामद गरिएको थियो । 

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कृष्णानगरले जनाएको छ । कपिलवस्तु जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise