२०८२ वैशाख १ गते सोमवार / Apr 14 , 2025 , Monday
२०८२ वैशाख १ गते सोमवार
Ads

विज्ञान शिक्षकहरूलाई २ दिने प्रशिक्षण

draupadi film
सन्तोष पौडेल
२०८१ फागुन ११ गते २२:५६
विज्ञान शिक्षकहरूलाई २ दिने प्रशिक्षण

बर्दिया : बर्दियामा विज्ञान विषयका शिक्षकहरूलाई विज्ञान प्रयोगशाला व्यवस्थापन र सुरक्षा विषयक प्रशिक्षण दिइएको छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्र  र प्लान इन्टरनेशनलको साझेदारीमा संचालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत माध्यमिक तहका विज्ञान शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरिएको हो । 

प्रशिक्षणमा सहभागि शिक्षकहरूलाई प्रयोगशालाका उपकरणहरूको सहज व्यवस्थापन, सुरक्षा नियम र प्रयोगात्मक कक्षाको रूपरेखा निर्माणका विषयमा सैद्धान्तिक रूपमा प्रशिक्षित गराउँदै उपकरणको प्रयोग, आपतकालीन अभ्यास र समूहमा प्रयोग तथा निर्माणको प्रयोगात्मक अभ्यास गराइएको थियो । यसअघि परियोजना संयोजक मनोज पौडेलले सशक्त बालिका परियोजनाको उद्देश्य र विज्ञान शिक्षाको महत्वबारे प्रकाश पारेका थिए ।

२ दिनसम्म सञ्चालन प्रशिक्षणमा बर्दियाका ४ पालिकाकाका २१ वटा विद्यालयका विज्ञान शिक्षकहरू सहभागि थिए । प्रशिक्षणको सहजीकरण तारा सुवेदीले गरेका थिए ।

प्रशिक्षण समापनका अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ, बर्दियाका प्रमुख सूर्यबहादुर खत्रीले विज्ञान शिक्षणलाई व्यावहारिक रूपमा जोड्दै समुदायमा परिवर्तन ल्याउन सकिने बताए । 

प्रशिक्षणले प्रयोगशाला व्यवस्थापनमा आफ्नो विश्वास बढेको सहभागिहरूले बताए । प्रशिक्षणबाट सुरक्षा नियमहरू कार्यान्वयन गर्न आफूहरूलाई सजिलो हुने भनाइ उनीहरूको थियो । विज्ञान शिक्षणलाई गुणस्तरीय बनाउन राधाकृष्ण थारू जनसेवा केन्द्रले गरेको यो पहलले स्थानीय शिक्षकहरूमा नयाँ ऊर्जा संचार गरेको सहभागी शिक्षकहरूको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise