२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

कर्णाली आत्मनिर्भरताको खोजीमा छः विप्लव

draupadi film
दिलमाया शाही
२०८१ फागुन ११ गते २२:५९
कर्णाली आत्मनिर्भरताको खोजीमा छः विप्लव

जुम्ला : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) सीले कर्णाली  आत्मनिर्भताको खोजीमा रहेको बताएका छन् । उनले राज्यबाट कर्णाली अहिले पनि उपेक्षित भएको बताउँदै उनले कर्णालीले आत्मनिर्भरता खोजेको भएपनि राज्यले उपेक्षा गर्दा पछाडि परेको टिप्पणी गरे  । 

नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा जुम्लाको हिमा गाउँपालिका–७ धौलापानीमा स्याउ रोपन कार्यक्रमको उनले उद्घाटन पनि गरेका छन् ।

‘कर्णाली राज्यवाट अहिले पनि पछाडि पारिएको छ । यसले आत्मनिर्भरता खोजेको छ’, उनले भने, ‘यहाँका डाँडा पाखाहरू अमुल्य छन् । साधन स्रोतमा जुम्ला धनी छ ।’ 

सही दृष्टिकोण गरेको नेतृत्वको खाँचो जुम्लालाई रहेको उनको भनाइ छ । । उनले राजनीतिक क्रान्तिलाई आर्थिक क्रान्तिमा नजोडेसम्म देश समृद्ध नहुने पनि बताए । 

कृषि उत्पादन बढाई देश आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै उनले आफ्नो पाटी देशभर उत्पादनमा लागेको बताए ।

महासचिव विप्लवले कुनै पनि क्रान्ति आफ्नै उत्पादन बिना सफलता नहुने उल्लेख गरे । नेपालमा समाजवाद ल्याउन उत्पादन क्रान्तिलाई जोड्नै पर्ने  उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise