२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल क्याकुसिन काइकान कराते बाराको नयाँ कार्यसमिति गठन

ADV
राहुल गुप्ता
२०८१ असार १५ गते २२:००
नेपाल क्याकुसिन काइकान कराते बाराको नयाँ कार्यसमिति गठन

बारा : नेपाल क्याकुसिन काइकान कराते बाराको नयाँ कार्यसमिति गठन भएको छ । मेघनाथ अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो ।

जसको उपाध्यक्षमा केशव थापा, सचिवमा राजेश महतो, कोषाध्यक्षमा प्रेम थापा, सदस्यहरुमा शेषराज अधिकारी, राम अधिकारी, अरबिन्द शाह, गौरव नेपाल, अनिल गिरी, राजेश पुन, यम कुमारी श्रेष्ठ र रेनु पराजुली रहेका छन् । त्यसैगरी सल्लाहकारमा मोहन शर्मा लामिछाने, राजकपुर राउत र रवीन्द्र खकुरेललाई सर्वसम्मतले चयन गरिएको छ ।

सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउत कुर्मीको अध्यक्षता तथा जिल्ला खेलकुद समिति बाराका प्रमुख हेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा बसेको बैठकले नेपाल क्याकुसिन काइकान करातेको केन्द्रीय समितिको निर्देशनअनुसार २०७८ कात्तिक ६ गते गठन भएको जिल्ला क्योकुसिन सेइसिन काइकान कराते संघ निष्क्रिय भएको भन्दै सो विघटन गरी नयाँ जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघ उपशाखा डोजो जितपुर– सिमरा उपमहानगरपालिकामा कार्यालय रहने गरी दर्ता वा सूचीकृत गर्ने, संस्थाको दर्ता, कानूनी कार्यहरु र व्यवस्थापकीय कार्यहरु गर्नका लागि सचिवलाई अख्तियारनामा दिने निर्णय गरेको छ ।

बैठकमा  प्रमोद सिंह, केशव थापा, राम अधिकारी, अरबिन्द शाह, मोहन शर्मा लामिछाने, यम कुमारी श्रेष्ठ, सुशील शर्मा, हिरा श्रेष्ठ, प्रेम थापा, रवीन्द्र खकुरेललगायत स्थानीय तथा खेलकुद प्रेमीहरुको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise