२०८१ फागुन १३ गते मङ्गलवार / Feb 25 , 2025 , Tuesday
२०८१ फागुन १३ गते मङ्गलवार
Ads

एमाले सांसद शर्माविरुद्धको अनुसन्धान अभिलेख बुझाइयो

hardik ivf
मध्यान्ह
२०८१ फागुन १२ गते १५:५३
एमाले सांसद शर्माविरुद्धको अनुसन्धान अभिलेख बुझाइयो

काठमाडौं : काठमाडौं महानगरपालिकाले लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माले नाबालिका बन्धक बनाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगलाई  अनुसन्धान अभिलेख बुझाएको छ ।

महानगरपालिकाका बाल कल्याण अधिकारीसहितको टोलीले आयोगका सचिव मुरारीप्रसाद खरेललाई १२० पृष्ठ लामो आफ्नो अभिलेख बुझाएको हो ।

सरकार पक्षले मुद्दा नचलाउने निर्णय गरेपछि सांसद शर्मामाथि आयोगले अनुसन्धान थालेको थियो । सो क्रममा आयोगले महानगरपालिकासँग सम्बन्धित कागजात माग गरेको थियो ।

काठमाडौं महानगरपालिकाले ३० जेठमा बाल कल्याण अधिकारीमार्फत बालबालिकाविरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गराएको थियो । तर सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले यस घटनामा शर्मामाथि मुद्दा नचलाउने निर्णय गरेका थिए ।

मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ । आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise