२०८१ फागुन १३ गते मङ्गलवार / Feb 25 , 2025 , Tuesday
२०८१ फागुन १३ गते मङ्गलवार
Ads

परराष्ट्र मन्त्री डा.देउवा र अजरबैजानका विदेशराज्यमन्त्रीबीच भेटवार्ता

hardik ivf
मध्यान्ह
२०८१ फागुन १२ गते १६:३६
परराष्ट्र मन्त्री डा.देउवा र अजरबैजानका विदेशराज्यमन्त्रीबीच भेटवार्ता

स्वीट्जरल्याण्ड : परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । 

भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा.देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय २९औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गरेकी थिइन् । 

नेपाल र अजरबैजान नाम र जि७७ संगठनका सदस्यका रूपमा विकासशील देशहरूका समस्याहरू साझा रूपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका मन्त्री डा.देउवाले बताएकी थिइन् । 

मन्त्री डा देउवाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरूमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा आवाज उठाउने बताइन् । 

साथै उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य प्रमुख विषय बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गरिन् । 

ADV

सम्बन्धित खबर

Advertise