२०८१ फागुन १३ गते मङ्गलवार / Feb 25 , 2025 , Tuesday
२०८१ फागुन १३ गते मङ्गलवार
Ads

प्रहरी कुट्ने विद्यार्थी नेता धरौटी बुझाएर छुटे

hardik ivf
मध्यान्ह
२०८१ फागुन १२ गते १९:२६
प्रहरी कुट्ने विद्यार्थी नेता धरौटी बुझाएर छुटे

काठमाडौं : ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता धरौटी बुझाएर रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले रमेश फुलारालाई १५ हजार तथा  कमलराज जोशी, नवीनसिंह ऐर, गोपालबहादुर शाही र दिनेश सिग्देल १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

उनीहरूले गत माघ २४ गते राति ठमेलमा प्रहरीलाई कुटपिट गरेका थिए । प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट उनीहरुबाट कुटपिटमा परेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise