२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

प्रहरी कुट्ने विद्यार्थी नेता धरौटी बुझाएर छुटे

Nada
२०८१ फागुन १२ गते १९:२६
Shares
प्रहरी कुट्ने विद्यार्थी नेता धरौटी बुझाएर छुटे

काठमाडौं : ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता धरौटी बुझाएर रिहा भएका छन् ।

ncell

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले रमेश फुलारालाई १५ हजार तथा  कमलराज जोशी, नवीनसिंह ऐर, गोपालबहादुर शाही र दिनेश सिग्देल १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

उनीहरूले गत माघ २४ गते राति ठमेलमा प्रहरीलाई कुटपिट गरेका थिए । प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट उनीहरुबाट कुटपिटमा परेका थिए ।

सम्बन्धित खबर