२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

अधिकारकर्मी अन्सारीलाई दण्डपाणि–नन्दकुमारी पुरस्कार

Nada
२०८१ फागुन १२ गते २०:२६
Shares
अधिकारकर्मी अन्सारीलाई दण्डपाणि–नन्दकुमारी पुरस्कार

काठमाडौं : दण्डपाणि अज्र्याल स्मृति केन्द्रले २०८१ सालको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

ncell

कोष संस्थापकमध्येबाट हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा केन्द्रका अध्यक्ष ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा बसेका बैठकले अन्सारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

१७ फागुनमा हुने केन्द्रको साधारण सभाका अवसरमा पुरस्कार प्रदा नगरिने छ । अन्सारी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वप्रवक्ता पनि हुन् । उनले समाजको कमजोर, सीमान्तकृत र बहिष्कृत वर्गको न्यायका लागि पैरवीकर्ताको परिचय बनाएकी छन् । 

यसअघिका वर्षहरूमा इतिहासविद् ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य, इतिहासकार दिनेशराज पन्त, साहित्यकार मोदनाथ प्रश्रित, शिक्षासेवी सुरेशराज शर्मा, सुरेन्द्र केसीलगायत डेढ दर्जनभन्दा बढीलाई यो पुरस्कारबाट सम्मान गरिएको छ ।

गोरखामा विसं १९६३ मा जन्मेका शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अज्र्याल इतिहास, ज्योतिषशास्त्र र संस्कृतिका अध्येता थिए । नन्दकुमारी उनकी धर्मपत्नी थिइन् ।

सम्बन्धित खबर