२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

बदलिनुपर्ने माओवादी

hardik ivf
२०८१ फागुन १३ गते ०६:१५
बदलिनुपर्ने माओवादी

लामो समयको तयारीपछि नेकपा (माओवादी केन्द्र)ले हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गरेको छ । गत साउनमा सत्ताबाट बाहिरिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बीचमा जाने घोषणा गरेका थिए । सत्ताको खेलमा अल्मलिने रहर नभएको प्रस्टोक्तिसहित प्रचण्डले जनताको बी(चमा जाने बताएका थिए । तर, त्यसैबेला माओवादीको अन्तरसंघर्ष चर्कियो । उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमै नेतृत्व परिवर्तनको प्रस्ताव राखे । शान्ति प्रक्रियामा आएपछि पार्टी निरन्तर ओरालो लाग्नुको समीक्षा गर्दै नेतृत्व परिवर्तनको प्रस्ताव शर्माले राखेका थिए । उनको प्रस्तावबाट प्रचण्ड सबभन्दा बढी अप्ठ्यारोमा परे किनकि नेतृत्वमै कायम रहने हो भने महाधिवेशन हलबाट निर्वाचित भएर आउन शर्माले चुनौती दिएका थिए । 

अन्तरकलह साम्य पार्न प्रचण्डले रणनीति बदले । भदौमै केन्द्रीय समिति बैठक राखेर पार्टी कार्यक्रम बढाउने भन्दा पनि प्रदेशस्तरीय भेला राख्ने योजना प्रचण्डले बनाए, जसअनुसार सातै प्रदेशमा प्रचण्ड पुगे, गैरभौगोलिक प्रदेशको बैठक बस्यो । यी सबै बैठकमा केन्द्रीय सदस्यदेखि जिल्ला नेतृत्वसम्म सहभागी भए । प्रचण्डले आफ्नो औचित्यबारे ब्रिफिङ गरेर नेताहरूलाई सहमत गराए । प्रचण्डको उद्देश्य पार्टीभित्र आफ्नो स्वीकारोक्ति बढाउनु नै थियो । नभन्दै पुस तेस्रो सातामा बल्ल केन्द्रीय समिति बैठक बस्यो । त्यो बैठकमा अन्तरसंघर्ष कुनै पनि रूपमा सार्वजनिक हुन दिइएन । स्वयं शर्मालाई १३ मिनेटभित्र कुरा राख्न भनिएको थियो । अनि, त्यही बैठकको योजनाअनुसार माओवादी हुलाकी राजमार्ग केन्द्रित अभियानमा निस्किएको छ । 

यो अभियानका क्रममा माओवादी नेताहरूले जनतासँग साथको अपिल माग्ने योजना छ । विगतमा भएका गल्तीहरूमा माफी मागेर फेरि साथ दिन आग्रह गर्नेगरी अभियान चल्दै छ । अभियानको पहिलो दिन प्रचण्डले मञ्चबाटै सत्ताको चक्करमा गल्ती हुन पुगेको भन्दै त्यसप्रति माफी मागे । अभियानभर नेताहरूले बोल्नेभन्दा बढी जनताको कुरा सुन्ने नीति अपनाइने भएको छ । यसको प्रस्ट सन्देश भने माओवादी सच्चिएको सन्देश आमजनतासम्म लैजाने हो । वर्तमान सरकारले देशको हितमा काम नगर्ने प्रचार पनि अभियानका क्रममा हुने छ । अभियानको लामो उद्देश्य भने आगामी चुनावको तयारी नै हो । नेताहरूले सच्चिएको माओवादीलाई मत दिएर सबैभन्दा ठूलो शक्ति बनाउन अभियानभर जनतासँग अपिल गर्ने योजना बनाएका छन् । तर, अभियान चल्दै गर्दा देखिएका पृष्ठभूमिलाई मात्र सम्झँदा पनि माओवादीमा चाहिएको ठूलो सुधार भनेको यसको नेतृत्व प्रवृत्ति हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise