२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

काभ्रेमा बस दुर्घटना, १८ जना घाइते

draupadi film
मध्यान्ह
२०८१ फागुन १३ गते १०:४५
काभ्रेमा बस दुर्घटना, १८ जना घाइते

काठमाडौँ : काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस काभ्रेको धुलिखेलमा दुर्घटना भएको छ । अरनिको यातायातको प्रदेश ३,०१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह-चालकसहित १८ जना घाइते भएका छन् । बसमा २४ जना सवार थिए ।

घाइतेहको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । चालक र सहचालक गम्भीर घाइते छन् । बस घटनास्थलमै रहेकोले राजमार्गमा एकतर्फी मात्रै सञ्चालन भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise