२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

काठमाडौं महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार

himalayanlife
२०८१ फागुन १३ गते ११:३८
Shares
काठमाडौं महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार

काठमाडौंः काठमाडौं महानगरपालिकाले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा छन् । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगरले जनाएको छ ।

उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुर्व्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ । पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको हो । 
 

ताजा खबर

सम्बन्धित खबर