२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

१ करोड १२ लाखमा बुलबुलेमा नयाँ ताल बन्दै, मुख्यमन्त्री कँडेलले गरे शिलान्यास

shivam cement
कुलेन्द्र शाही
२०८१ फागुन १३ गते १२:०४
Shares
१ करोड १२ लाखमा बुलबुलेमा नयाँ ताल बन्दै, मुख्यमन्त्री कँडेलले गरे शिलान्यास

सुर्खेत : कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा अर्को नयाँ ताल निर्माणको कार्य सुरु भएको छ । मंगलवार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुरुयोजना कार्यान्वयन (ताल निर्माण) को शिलान्यास गरेका छन् ।

बुलबुले उद्यानमा भु तथा जलाधार व्यवस्थापनको १ करोड १२ लाख ३६ हजार लगानीमा चरा र पानी संरक्षणका लागि ४ हजार दुई सय मिटर क्षेत्रफलमा ताल निर्माण हुँदैछ । उक्त ताल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले बुलबुले उद्यान विगतभन्दा अहिले आकर्षक बन्दै गएको बताए । उनले अहिले ताल निर्माणको शिलान्यास तामझामका साथ गर्ने तर पछि कामै भएन भन्ने गुनासो सुन्न नपर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । 

‘अहिले शिलान्यास हुँदा तामझामका साथ गर्ने भोलिदेखि नै काम सुख्खाराम भयो भन्ने सुन्न नपरोस्,’ मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई भने, ‘समयमै काम गर्नुहोस् भुक्तानीको समस्या हुँदैन ।’ साथै उनले निर्माण व्यवसायीलाई पुरस्कार पाउने गरी समयमै काम गर्न समेत सुझाव दिएका छन् ।

कर्णाली प्रदेशको समग्र अवस्थाको सुधारका लागि समयमै र इमानदारीपूर्वक काम गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको भनाइ छ । उनले क्रमश काँक्रेविहारको पनि काम भइरहेको बताए । स्थानीय प्रवीण निर्माण सेवाले २०८२ असार १० गते सक्ने गरी उक्त ताल निर्माणको जिम्मा लिएको छ ।

सम्बन्धित खबर