२०८१ फागुन १५ गते बिहिवार / Feb 27 , 2025 , Thursday
२०८१ फागुन १५ गते बिहिवार
Ads

५ लाख ६४ हजार १ सय ट्याब्लेट ट्रामाडोलसहित २ जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते १२:४३
५ लाख ६४ हजार १ सय ट्याब्लेट ट्रामाडोलसहित २ जना पक्राउ

काठमाडौंः लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले नियन्त्रित लागुऔषध ट्रामाडोल ५ लाख ६४ हजार १ सय ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा घर भएका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महाङ्काल गाउँपालिका–४ बस्ने ३३ वर्षीय सुधिर लामिछाने रहेका छन् । 

साईमनलाई ५ लाख ३४ हजार १ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका–४ टोखाबाट शुक्रबार र सुधिरलाई ३० हजार ट्याब्लेट ट्रामाडोलसहित काठमाडौं महानगरपालिका–१४ बाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise