२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

लघुवित्त पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते १६:४८
लघुवित्त पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ : लघुवित्त पीडितलाई न्याय दिलाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले लघुवित्त पीडित र सहकारी पीडितलाई न्याय दिलाउन कुनै ढिलाइ नगर्न सरकारसँग आग्रह गरे ।

सांसद कुँवरले कर्णाली विकास बैङ्कमा देखिएको बेथितिका कारण हजारौँ निक्षेपकर्ता समस्यामा परेको पाइएकाले तत्काल समस्या समाधान गर्न अनुरोध गरे । सेती लोकमार्ग विस्तारका क्रममा रूख कटान नहुँदा समस्या परेको भन्दै स्रोत सुनिश्चितताका लागि समेत उनले आग्रह गरे ।

सांसद वीरेन्द्रप्रसाद महतोले सिराहाको मिर्चैयामा रहेको सिमेन्ट उद्योगका कारण वातावरण प्रदूषण हुँदा जनजीवन प्रभावित भएको, स्वास्थ्यमा समस्या देखिएको भए पनि उद्योगीले कुनै सुनुवाइ नगरेको बताए । उनले सिमेन्ट उद्योगका कारण देखिएको समस्या समाधान गर्न तत्काल पहल थाल्न सरकारको ध्यानाकर्षण गराए । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेको र राजनीतिक प्रतिशोध साधिएकामा असन्तुष्टि व्यक्त गरे ।

ADV

सम्बन्धित खबर

Advertise