२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

राजनीतिको केन्द्र सधैं जनता हुनुपर्छ : राष्ट्रपति 

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते १७:३८
राजनीतिको केन्द्र सधैं जनता हुनुपर्छ : राष्ट्रपति 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्‍याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्‍याउन सकेमात्र व्यववस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने स्पष्ट पारे । 

उनले राजनीतिको केन्द्र सदैव जनता हुनुपर्ने भन्दै  त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरुको घरदैलोमा पुर्‍याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । 

उनले महेन्द्र नारायण निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिकोे निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताए ।

राष्ट्रपति पौडेलले  निधिजीका आदर्श राजनीति, सिद्धान्तप्रतिको निष्ठा तथा सादगी जीवन शैली प्रेरणादायी भएको बताउदै पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भाव तथा सामाजिक न्यायका पक्षमा निधिले गरेको काम हामी सबैका लागि सँंधै प्रेरणाको स्रोतका रुपमा रहिरहने स्पष्ट पारे । 

कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा आफूलाई सधैं समर्पित गर्ने नरेन्द्र प्रसाद मिश्र र शमा शाहीलाई पुरस्कृत गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise