२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

Nada
२०८१ फागुन १३ गते २१:०३
Shares
शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

विराटनगर : शिक्षादीप कलेज विराटनगर–९ ले दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ । मंगलबार आयोजित विशेष कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक उपलब्धिका लागि सम्मान प्रदान गरिएको हो ।

ncell

कलेजका व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईका अनुसार परीक्षामा उच्च अंक हासिल गर्ने व्यवस्थापन संकायका २० जना तथा विज्ञान संकायका ५७ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । यसबाहेक कलेजका विद्यार्थीहरूले विभिन्न अतिरिक्त क्रियाकलापहरूमा हासिल गरेको उपलब्धिलाई पनि कदर गरिएको छ ।

एमसिक्यु, विराटनगर महानगरपालिकाद्वारा आयोजित विज्ञान प्रदर्शनीमा दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरू, हिसान खेलमा पदक जित्ने खेलाडीहरू, साथै आन्तरिक हाजिरी जवाफ, रोबोटिक्स, एस्ट्रोनोमी, एभिएसन तथा आइटी वर्कशपमा सहभागी विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिएको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए ।

सम्मान समारोहमा कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, प्रमुख निर्देशक शैलेन्द्र शिवाकोटी, निर्देशक डा.विमल श्रीवास्तव, निर्देशक रामचन्द्र अधिकारी तथा विज्ञान संकायका को–अर्डिनेटर नविन रायले विद्यार्थीहरूलाई सम्मान प्रदान गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर