२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

भ्रष्टाचार र बेथितिविरुद्ध बहुमतको ६ महिने मेची–काली अभियान

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते २१:०६
भ्रष्टाचार र बेथितिविरुद्ध बहुमतको ६ महिने मेची–काली अभियान

काठमाडौं : नेकपा (बहुमत)ले भ्रष्टाचार र बेथितिविरुद्धमा देशव्यापी ६ महिने जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी बहुमतले पार्टीको नवौं महाधिवेशन तथा केन्द्रीय समितिका निर्णयहरु सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो । 

पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले कांग्रेस–एमाले घुमाउरो तरिकाले पश्चगमनको तयारीमा लागिरहेको आरोप लगाए । 

बास्तोलाले जनयुद्ध र जनआन्दोलनबाट स्थापित वर्तमान व्यवस्थाको विरुद्धमा लागेको आरोप लगाउँदै भने,‘यो संविधान भन्दा ०४७ को संविधान नै ठिक भन्न थाल्नुका पछाडी ‘संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रान्त्रिक’ व्यवस्थातिर देश फर्काउने षड्यन्त्रको गन्ध आउँछ ।’

बास्तोलाले ताप्लेजुङको पाथीभरामा जनताको जमिन खोसेर एकाधिकार पूँजीपतिको निजीकरण गरी माफियाको सम्पत्तिमा रुपान्तरण गर्ने योजना रहेको र जनतामाथि सरकारी दमनको पनि भत्र्सना गरे । 

ओली सरकारले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मिडिया काउन्सिल विधेयक तथा सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रपञ्चा रचिरहेको समेत आरोप लगाए ।

सो पार्टीका स्थायी समिति सदस्य गुणराज लोहनीले बैठकका निर्णयहरु सार्वजनिक गर्दै ‘दलाल तथा नोकरशाही पूँजीवादी व्यवस्था अन्त्य गरौँ ! समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ’ भन्ने नारासहित ‘भ्रष्ट, दलाल पूँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान’ संचालन गर्ने निर्णय गरेको जानकारी दिए । विभिन्न परियोजनासहित एमसीसी परियोजना खारेज गरेर देशलाई आत्मनिर्भर बनाउन संघर्ष गर्नुपरेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise