२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

ज्यान मार्ने धम्की आएको भन्दै अधिवक्ता धामीले दिए निवेदन

Nada
२०८१ फागुन १३ गते २१:१५
Shares
ज्यान मार्ने धम्की आएको भन्दै अधिवक्ता धामीले दिए निवेदन

ललितपुर : अधिवक्ता प्रेम सिंह धामीले आफ्नो ज्यान असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

ncell

वि.सं.२०४९ सालदेखि कानून व्यवसायमा संग्लग्न भइ बहस गर्दै आएका धामीले आफूलाई राम अवाले समेतका व्यक्तिबाट धम्की आएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा मंगलबार उजुरी दिएका हुन् । 

‘मलाई अपरिचित मानिसहरू कार्यालयमा पठाएर धम्की दिने काम लामै समयदेखि हुँदै आएको थियो, सामान्य होला भनेर चुप बसेको थिए, अहिले थप असामान्य गतिविधिहरु हुँदै गए, तसर्थ, मैले शान्ति सुरक्षा कायम गरी पाउँ भनी प्रशासनमा निवेदन दिन बाध्य हुनु पर्‍यो’ उनले भने । 

यसअघि पनि २०७७ सालको दशैँतिर एक्कासी कार्यालयमा कृष्ण आवालेको नेतृत्वमा श्यामकाजी अवाले, टेकेन्द्र पौडेल, लक्ष्मण पौडेल आएर तैले हामीलाई चिनेको छैनस्, तँलाई हामी जे पनि गर्न सक्छौं, बुझेर मात्रै कानून व्यवसाय गर्नु भनी धाकधम्की दिएको उनले बताए । 

अधिवक्ता धामीले बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, उपाध्यक्ष श्यामकाजी आवले, भाइराजा (मोतीकाजी) अवाले, कृष्ण अवाले,  केदार अवाले, लक्ष्मण पौडेल र टेकेन्द्र पौडेलसमेतबाट धम्की आएको भन्दै उजुरी दिएका हुन् । 

यस विषयमा जानकारी लिन सम्पर्क गर्दा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले शान्ति सुरक्षाका लागि माग भइ आएकोले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको जानकारी गराइन् ।

ताजा खबर

सम्बन्धित खबर