काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गरेकी छन् । महाशिवरात्रिको अवसरमा सामाजिक सञ्जाल एक्समा हामीले मनाउने पर्व र उत्सवहरूले आपसी एकता र सहिष्णुताको भावना अभिवृद्धि गर्ने विश्वास लिएको उनले बताएकी छन् ।
“नेपाललगायत विश्व भरीका हिन्दु धर्मालम्बीहरुले भगवान् शिवको आराधना गरी मनाउने यो पर्वले सबैलाई सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भन्ने शुभकामना छ,” उनले लेखेकी छन् ।
“आज नेपाली सेनाको स्थापना दिवस पनि हो । देश र जनताको सुरक्षाको लागि कटिबद्ध रही अन्तर्राष्ट्रिय जगत्मा पहिचान बनाउन नेपाली सेनालाई सफलता मिलोस् भन्ने शुभकामना दिन्छु”, उनले एक्समा लेखेकी छन् ।