२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

अपांगता भएका व्यक्तिलाई घरमै नागरिकता

himalayanlife
२०८१ फागुन १४ गते ११:१२
Shares
अपांगता भएका व्यक्तिलाई घरमै नागरिकता

तनहुँ : जिल्ला प्रशासन कार्यालयले अपांगता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । 

म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपांगता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मंगलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो । 

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपांगता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए । विसं २०६३ पुस १० गते जन्मिएका सुजन जन्मजात अपांग हुन् । 

सम्बन्धित खबर