२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

टुँडिखेलमा मनाइयो सेना दिवस, राष्ट्रपति पौडेल सरिक

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते १२:१०
टुँडिखेलमा मनाइयो सेना दिवस, राष्ट्रपति पौडेल सरिक

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औं सेना दिवसकाे अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको बढाईं तथा सैनिक कला प्रदर्शनी विशेष समारोहमा सरिक भएका छन् ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलकाे सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् ।

साे अवसरमा  नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र ताेपबाट महाशिवरात्रि  बढाईं तथा कवाज प्रस्तुत गरेको थियो । 

समारोहमा सेनाले विभिन्न रणकाैशल, मार्चपास तथा परम्परागत भेषभुषा झल्कने विविध कला, नृत्य  र संगीतकाे धुन प्रदर्शन गरेकाे थियो । साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयाेग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण  र हतियार प्रदर्शन गरेकाे थियो । 

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेका थिए । साथै उनले मित्रराष्ट्र भारत, बेलायत  र अमेरिकाका  ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे । कार्यक्रममा  भारत, बेलायत  र अमेरिकी सैनिक ब्याण्डबाट समेत ब्याण्ड प्रदर्शनी गरिएको थियोे  ।

यसैगरी राष्ट्रपति पाैडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए । समारोहमा प्रथम महिला सबिता पाैडेल पनि समुपस्थित थिए । त्यसैगरी कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतका उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise