२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस, हेर्नुहोस् तस्बिरहरु

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते १२:४४
टुँडिखेलमा यसरी मनाइयो सेना दिवस, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं : नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज २६२औं स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise