काठमाडौंः पशुपति मन्दिर परिसरमा अवाञ्छित गतिविधि गरेको आशंकामा प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ। सिक्री लुट्न खोज्ने र गाँखा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरूलाई स्क्रिनिङ गरिनेछ। प्रहरी परिसरका अनुसार स्क्रिनिङ गरी अपराधमा संलग्न नदेखिएकालाई छाडिने र संलग्नहरुलाई मुद्दा चलाइने छ । शिवरात्रीका दिन पशुपतिमा ४ हजार जना स्वयंसेवक र ८९० जना ट्राफिक प्रहरी खटाइएका छन् ।