२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

१० वर्षअघिको सफल गीत 'कलेजी कटाउन्या माया'को नयाँ भर्सनमा कविता, जोन र चक्र

ADV
मध्यान्ह
२०८१ असार १६ गते १३:१८
१० वर्षअघिको सफल गीत 'कलेजी कटाउन्या माया'को नयाँ भर्सनमा कविता, जोन र चक्र

काठमाडौं : मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत 'कलेजी कटाउन्या माया' सार्वजनिक भएको छ । नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युट्युब च्यानल 'नेपमेलो'बाट सार्वजनिक गरिएको हो ।

भिडियाेमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडकाे कथा छ । लामो समयदेखि सक्रिय रही काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्युजिक भिडियाेकाे दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छन् । उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसँग दर्जनौं म्युजिक भिडियाेहरुमा काम गरिसकेकी छन् । 'कलेजी कटाउन्या माया' मा पनि कविताले साँच्चिकै लोभलाग्दो र प्रशंसायोग्य काम गरेकी छन् । त्यस्तै, जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन् । चक्र भने मोडल सँगसँगै गायनमा पनि सक्रिय छन् ।

चलचित्र वा सिरिज आउनुअघि टिजर सार्वजनिक गर्ने प्रचलन सामान्य हो । म्युजिक भिडियाेकाे हकमा भने यो चलन खासै देखिँदैन । तर यो गीतको भने चार दिनअघि टिजर सार्वजनिक गरिएको थियो । ४० सेकेन्डको मर्मस्पर्शी टिजरले दर्शकमा कौतुहल जगाउन सफल भएको थियो ।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत र भिडियाे साँच्चै नै कलेजी काट्ने खालको छ । भिडियाेमा कलाकारहरुको काम तारिफयोग्य छ । यो गीत आजभन्दा करिब १० वर्ष अगाडि गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए । सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो । विशेषगरी, सुदूरपश्चिमका ९ जिल्लामा यो गीतले तहल्का मच्चायो । गीतले दर्शकको अपार सफलता र माया पाएपछि गायक महेश कुमार औजी र बादल थापाले सोही गीतलाई अहिले नयाँ भर्सनमा ल्याएका हुन् ।  गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन् । यो गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन् ।

कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मिहिनेत झल्किन्छ । निर्माण टिमका अनुसार भिडियाे दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षणभित्र खिचिएको हो । भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् । भिडियाेको कन्सेप्ट पनि शानकै हो । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन् ।

त्यसैगरी मारुनी स्टुडियाेमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ, सरिता मगरको मेकअप, अनुस्का डिसीको पहिरन, टाैवा क्रियसनको पोस्ट डिजाइन र बुद्ध थापाको सिनेमाटाेग्राफी छ ।


ADVADV

सम्बन्धित खबर

Advertise