२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

टेक्नोलोजीको दुरुपयोग गर्ने क्रम बढेको छ : प्रधानमन्त्री ओली

draupadi film
मध्यान्ह
२०८१ फागुन १५ गते ११:३७
टेक्नोलोजीको दुरुपयोग गर्ने क्रम बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु बढ्दै गइरहेको बताएका छन् । डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेको भएपनि यो सदुपयोग मात्र नभइ दुरुपयोग भइरहेको बताएका हुन् ।  

उनले भने, ‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु हुन् । २०औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो । टेलिभिजनको सुरुवात गर्यो । कम्प्युटरको सुरुवात गर्यो । लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआइको जमनामा आइपुगेका छौं । डिजिटल संसारमा आइपुगेका छौं । यसलाई मानव जातिले आफ्नो  उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नुपथ्यो । त्यो गरिएको पनि छ । मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेका छौं । तर यो सदुपयोग मात्र भइरहेको छैन । कम्प्युटर साइन्स, डिजिटल एवम् आइटीको डेभलपमेन्टलेसुविधा दियो भन्ने चिन्ता त कतै छैन । साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुखसुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो ।’

साथै उनले साइन्स टेक्नोलोजीको दुरुपयोग गरेर मान्छेहरुले त्यसबाट अनुचित लाभ लिन खोजिरहेको बताए । उनल डिजिटल विकास र सुविधाको प्रयोग गरेर अरु प्रकारका अपराधहरु गर्ने क्रिमिनलहरुका लागि सहज भएको समेत बताए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise