काठमाडौं : क्यारेवियन प्रिमियर लिग ‘सीपीएल’मा जमैका तलाबाजले गुयाना एमेजन वारियर्सलाई पाँच विकेटले हराएको छ । वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेट्टाएको हो ।
जमैकाको दोस्रो जितमा नेपाली स्पिनर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरे । खेलले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिएका हुन् । सन्दीपले शेर्फान रदरफर्डलाई आसिफ अलीको हातबाट क्याच आउट गराएका हुन् ।
जमैकाका लागि एन क्रुमा बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनायो । जमैकाले चार खेलमध्ये दुई खेल जितेर अंक तालिकाको चौथो स्थानमा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies