दाङः घोराही उपमहानगरपालिका-१० झारबैरा चोकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँसहित सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागुऔषध सोही उपमहानगरपालिका-१० झारबैरा चोकमा मेडिकल संचालन गरी बस्ने सोही उपमहानगरपालिका-१६ घर भएका इन्द्र बहादुर विकको मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले मेडिकल तलासी गर्दा ट्रामाडोल ५ सय ५९ क्याप्सुल, अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २९ हजार रूपैयाँ फेला पारी इन्द्र बहादुरलाई समेत पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।