२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

स्वकीय सचिव आत्महत्या प्रकरण : विपक्षीले मागे मन्त्रीको राजीनामा

draupadi film
मध्यान्ह
२०८१ फागुन १५ गते १६:२९
स्वकीय सचिव आत्महत्या प्रकरण : विपक्षीले मागे मन्त्रीको राजीनामा

काठमाडौं : बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको आत्महत्या प्रकरणमा विपक्षी तीन दलले मन्त्री श्रेष्ठको राजीनामा मागेका छन् । 

बिहीबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

‘मृतक थापाको अकल्पनीय मृत्यु पछि प्रहरीले फेला पारेको आत्महत्या सम्बन्धी मृतकको स्वलेख (सुसाइड नोट) भनिएको पत्र तथा सहकारीसम्बन्धी मृतक रविको बाहिरिएको अडियो रेकर्डमा मन्त्री श्रेष्ठलगायत नेताहरूको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आसयका समाचारले घटनालाई रहस्यमय बनाएको छ’ ३ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनीहरूले घटनाको सबै पक्षबाट छानबिन हुनु पर्ने बताउँदै घटनाको निष्पक्ष छानविनका लागि सहज वातावरण निर्माण गर्न मन्त्री श्रेष्ठले राजीनामा दिनु पर्ने माग गरेका हुन् ।

विज्ञप्तिमा माओवादीका रत्न ढकाल, एकीकृत समाजवादीका वसन्त मानन्धर र राप्रपाकी कुमारी तामाङले हस्ताक्षर गरेका छन् । 
उनीहरूले घटनाको छानबिनका लागि तत्काल संसदीय समिति बनाउन पनि माग गरेका छन् ।

सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिव थापाले आत्महत्या गरेका थिए । काठमाडौंमा रहेका थापाले साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका उनलाई उद्धार गरेर काठमाडौँको कलंकीस्थित अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

बागमती प्रदेशको सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले २८ पुसमा समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्महत्या गरेको खुलेको छ ।

केही दिन अघि थापाले कांग्रेस धादिङका नेता राजु बर्तौलासँग मिलेर समयाग्रस्त सहकारी घोषणा भएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाटै हटाइदिने भन्दै बोलेको अडियो एक मिडियाले प्रसारण गरेको थियो । त्यसलगत्तै कांग्रेसका नेता बर्तौला पक्राउ परेका थिए । थापाले आत्महत्या गरेका छन् ।

थापाले आत्महत्या गर्नुअघि एक सुसाइड नोटसमेत लेखेको खुलेको छ । मृतक थापाको साथबाट प्राप्त नोटमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको उल्लेख भएको स्रोतले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise