२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

‘स्याट’द्वारा पत्रकार श्रेष्ठ अभिनन्दित

shivam cement
मध्यान्ह
२०८१ फागुन १५ गते २१:०३
‘स्याट’द्वारा पत्रकार श्रेष्ठ अभिनन्दित

काठमाडौं : शैक्षिक रूपान्तरणका लागि विद्यालयहरूको गठबन्धन ‘स्याट’ नामक संस्थाले विगत तीन वर्षदेखि आयोजना गर्दै आइरहेको ‘भ्वाइस अफ स्याट’ को सिजन ३, गायन प्रतियोगिता सम्पन्न गरेको छ । 

स्कुले विद्यार्थीहरुलाई पढाइका साथसाथै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिनुपर्छ भन्ने उद्देश्यले २०७० सालमा स्थापित संस्थाले यो वर्ष २६ वटा सदस्य स्कुलमध्ये १६ वटा स्कूलका २६ विद्यार्थीहरुले ‘पूरानो धुन’ विद्यामा भएको अन्तिम प्रतिस्पर्धामा आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन् । 

२०८१ जेठ २२ गते अडिसन सुरू भएको उक्त महत्वकांक्षी कार्यक्रमबाट राम्रा–राम्रा बाल गायकहरू उत्पादन गर्ने सोच आयोजक स्याटले बोकेको छ । डिजी स्कूलले प्रमुख स्पोन्सर रहेर सो कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उक्त कार्यक्रमको अडिसन, मेगा अडिसन, टप १००, टप ५० देखि टप २० राउण्डसम्म सम्पूर्ण राउण्डहरूमा गायक उमेश राउतले माष्टर जुरीको भूमिका निर्वाह गरेका थिए । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष ई. विनय श्रेष्ठले गरेका थिए । कार्यक्रममा शिक्षाविद् विचारीप्रसाद अधिकारी, गायक लाक्पा शेर्पा, पत्रकारद्वय सानु श्रेष्ठ, सरोज ओझा, पारा ओलम्पियाड पलेशा गोवर्धनलाई अभिनन्दन गरिएको थियो । गायन प्रतियोगितामा मेगा विजेताहरूमा टाईटल विजेता दिया घिमिरे, पिक प्वाइन्ट एकेडेमी, चुनिखेल, फस्ट रनर अप– सम्पदा घिमिरे, गोल्डेन गार्डन एकेडेमी,सुकेधारा, सेकेन्ड रनर अप–जेविशा श्रेष्ठ, पिक प्वाइन्ट एकेडेमी, थर्ड रनर अप– अन्जल बाबु कट्टेल, साइपाल एकेडेमी, धुम्बाराही, फोर्थ रनर अप– आर्यन शाही, सेन्ट जर्ज इन्टरनेशनल स्कूल धुम्बाराही रहेका थिए भने राइजिङ स्टार अवार्ड– मञ्जिल घिमिरे नोब्स, चाबहिल, पब्लिक च्वाइस अवार्ड– अन्जलबाबु कट्टेल, साइपाल एकेडेमीले हात पारेका थिए ।

मेगा बिजेता ५ जना कलाकारहरूले गीत रेकर्डिङ, नगद पुरस्कार, ट्रफी , मेडल, सर्टिफिकेट, गिफ्ट हाम्पर, साईपाल कलेज र इन्साईट भिजन कलेजबाट ं२ लेभल शिक्षा तहमा सत् प्रतिशत छात्रवृत्ती र बांकी २१ जना ग्रान्ड फिनालिष्टहरूले पनि ट्रफी, मेडल, सर्टिफिकेट, गिफ्ट हाम्पर प्राप्त गरे । कार्यक्रम संयोजक प्रशान्त दाहाल लगायतको सहकार्यमा सम्पन्न कार्यक्रमका जुरी सदस्यमा किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, बरिष्ठ संगीतकार राजु सिंह र क्लासिकल गायिका संगीता प्रधान रहेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise