२०८१ फागुन १६ गते शुक्रवार / Feb 28 , 2025 , Friday
२०८१ फागुन १६ गते शुक्रवार
Ads

साधारण चोरको बिगबिगी

hardik ivf
दिवाकर अधिकारी
२०८१ फागुन १६ गते ०६:३५
साधारण चोरको बिगबिगी

काठमाडौं : प्रहरीका अनुसार चोरीलाई ६ प्रकृतिमा बाँडेर हेर्ने गरिन्छ । चोरीको प्रकृतिअनुसार अनुसन्धान, दण्ड र सजाय हुन्छ । चोरीको प्रकृतिअनुसार नियन्त्रणका नीति अवलम्बन गर्ने गरिन्छ । 

महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेपालमा ठूला र योजनाबद्ध चोरीभन्दा धेरै गुणा बढी साधारण चोरी हुने गर्छ । चोरीको आरोपमा कारबाहीका पर्नेहरूको संख्यामध्ये साधारण चोरीअन्तर्गतको संख्या ८२ प्रतिशत बढी छ ।  

गत १ आर्थिक वर्षमा चोरीको आरोपमा पक्राउ परेर र मुद्दा चलेर कारबाहीमा पर्नेको संख्या ३ हजार ७५८ छ । 

कुल चोरी गरेर कारबाहीमा पर्नेहरूमध्ये साधारण चोरीमा पर्नेको संख्या ३ हजार ८८ छ । यो कुल चोरीको ८२ दशमलव १७ प्रतिशत हो । 

दोस्रोमा डाका चोरीअन्तर्गतको संख्या छ । गत १ आर्थिक वर्षमा डाका चोरीअन्तर्गत २५५ जना कारबाहीमा परे । यो चोरीअन्तर्गत कारबाहीमा पर्नेहरूमध्येको ६ दशमलव ७८ प्रतिशत हो । 

तेस्रोमा सवारी चोरी गर्नेको संख्या छ । यसमा २५३ छन् । यो ६ दशमलव ७३ प्रतिशत हो । 

नकबजनी चोरी अर्थात् नकाब लगाएर चोरीको आरोपमा १३३ जना कारबाहीमा परेका छन् । यो ३ दशमलव ५३ प्रतिशत हो । 

जबरजस्ती चोरीअन्तर्गत ३ जना कारबाहीमा परेका छन् । यो शून्य दशमलव ०७ प्रतिशत हो । चैपाया अर्थात् पशुपक्षी चोरी गरेको आरोपमा २६ जना कारबाहीमा परेका छन् । यो शून्य दशमलव ६९ प्रतिशत हो । 

मुलुकी अपराध संहिता ऐन, २०७४ मा चोरी तथा डाकासम्बन्धी विभिन्न कसुरजन्य कार्यहरूलाई अपराधीकरण गरी कसुर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ । 

कसुरहरूमध्ये न्यायिक स्वविवेकमा सजाय निर्धारण गर्नुपर्नेगरी सजायको माथिल्लो तथा तल्लो हदको व्यवस्था पनि गरिएको छ । चोरीको कसुरमा ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिमाना हुने व्यवस्था छ ।

३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिमाना हुने कसुरमा सजाय निर्धारणको प्रयोजनका लागि छुट्टै सुनुवाइ गर्नु नपर्ने भनिएको भनेर सर्वोच्च अदालतले चोरी तथा डाकासम्बन्धी कसुरमा सजाय निर्धारणसम्बन्धी सामान्य मार्गदर्शन नै बनाएको छ । 

प्रहरीका अनुसार चोरीको प्रकृति, चोर्ने तरिका र चोरिने सामान भने समयअनुसार फरक छन् । पहिले घरको रेकी गर्न कति जना बस्छन्, कुन बेला कहाँ जान्छन्, कुकुर छ कि छैनलगायतका विषयमा जानकारी लिएर रातको समयमा हतियारसहित गएर चोरी हुने संख्या ज्यादा हुन्थ्यो । 

तर, पछिल्लो समय चोरहरू खासै समूहमा हुँदैनन्, चोरहरू चोर्न दिउँसो घरमा कोही नभएका बेला पस्छन् र नगद, सुन, ल्यापटप, मोबाइल जस्ता सामान लिएर हिँड्छन् । चोरी गरेपछि सामान लुकाउन सजिलो र विक्री गर्नसमेत सजिलो हुने भएकाले नगद, सुन, ल्यापटप र मोबाइल जस्ता सामानको चोरी गर्नेको संख्या बढी भएको हो ।

ADV

सम्बन्धित खबर

Advertise