२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

नवलपरासी पूर्वमा ८६ सहिदका परिवारलाई सम्मान

himalayanlife
२०८१ फागुन १६ गते १०:४४
Shares
नवलपरासी पूर्वमा ८६ सहिदका परिवारलाई सम्मान

नवलपरासी : नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा द्वन्द्वकालमा ज्यान गुमाएका ८६ जना सहिदका परिवारलाई सम्मान गरिएको छ ।

द्वन्द्वपीडित महिला सञ्जालले २०५२ साल फागुन १५ गते जिल्लामा पहिलो सहिद भएको सम्झनामा यहाँका ८६ जना सहिदका परिवारलाई सम्मान गरेको हो ।

सञ्जालकी अध्यक्ष पार्वती सिग्देलका अनुसार जिल्लामा १०३ जना सहिदका परिवार रहेका भए तापनि सम्पर्कमा आएका ८६ जनाका परिवारलाई सम्मान गरिएका हो ।

जिल्लामा सहिद, बेपत्तालगायत विभिन्न किसिमका यातना भोगेका सूचीकृत परिवारका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिएको सिक्देलले जानकारी दिए । उनले भने, ‘यस वर्ष १२ जना बालबालिका सहिद परिवारबाट थपिएका छन्, उनीहरूलाई आगामी आर्थिक वर्षलेखि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।’

सम्बन्धित खबर