२०८१ फागुन १६ गते शुक्रवार / Feb 28 , 2025 , Friday
२०८१ फागुन १६ गते शुक्रवार
Ads

अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा

hardik ivf
मध्यान्ह
२०८१ फागुन १६ गते १०:५९
अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा

गोरखा : बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।

गाउँपालिका-६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित नि:शुल्क पठनपाठनको प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए।

“चालु शैक्षिकसत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई नि:शुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका छौँ”, उनले भने, “अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा अध्ययनरत छन् ।” छात्रवासमा नौ जना छात्रा र १० जना छात्र छन् । उनीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिइने जानकारी दिँदै पालिका अध्यक्ष भट्टले भने ‘‘बालबालिकाका लागि आवश्यक पर्ने केही लत्ताकपडा, किताबकापी, कलमलगायतका सामग्री इच्छुक दाताहरूबाट सहयोग लिने गरेका छौँ ।”

अनाथ बालबालिकालाई नि:शुल्क पठनपाठन तथा खानबस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको थियो । छात्रवासमा दुई जना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एक जना निरीक्षकको पनि व्यवस्था गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise