२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा छिट्टै दिइने 

Nada
२०८१ फागुन १६ गते १३:५२
Shares
सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा छिट्टै दिइने 

वीरगन्जः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगन्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै वितरण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

ncell

वीरगन्ज–२५ मा अवस्थित सुख्खा बन्दरगाहको निरीक्षण भ्रमण तथा जनताको गुनासो बुझ्न अतिक्रमित गाउँ पुगेका मन्त्री गुप्ताले जग्गाधनीहरूले लामो समयसम्म पनि मुआब्जा पाउन नसक्नु चिन्ताको विषय भएको बताएका हुन् । 

मुआब्जा पीडित सङ्घर्ष समितिका बिजय कुमार तिवारीले वर्षौंदेखि जग्गा अधिग्रहण गरेर सरकारले पीडितलाई मुआब्जा नदिँदा स्थानियवासी मर्कामा परेको सुनाए । यो समस्यालाई तत्काल सम्बोधनका लागि संसदमा समेत विषय उठान गरिदिन उनले मन्त्री गुप्तालाई आग्रह गरे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकी रहेको मुआब्जासम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिँदै अब जग्गाधनीहरूले छिट्टै मुआब्जा पाउने आश्वासन दिए । 

सरकारले सुख्खा बन्दरगाह विस्तारका लागि वीरगन्ज–२५ को करिब ३०० घरधुरी भएको ६२ बिघा जग्गा सात वर्ष अगाडिदेखि रोक्का गरेर राखेको छ । कार्यक्रममा मुआब्जा पीडित सङ्घर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुली, सञ्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेललगायतको सहभागिता थियो । 

ताजा खबर

सम्बन्धित खबर