२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

नेपालकी पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

draupadi film
मध्यान्ह
२०८१ फागुन १६ गते १४:०९
नेपालकी पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौंः नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ ।  

चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान  निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन् ।
 
सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश हुन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ वि.सं. २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन् । उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत हुन् । श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise