२०८१ फागुन १७ गते शनिवार / Mar 01 , 2025 , Saturday
२०८१ फागुन १७ गते शनिवार
Ads

सांसद ढकालले भेट माल्दिभ्सका सभामुख

hardik ivf
मध्यान्ह
२०८१ फागुन १६ गते १८:०९
सांसद ढकालले भेट माल्दिभ्सका सभामुख

काठमाडौं : प्रतिनिधिसभाका सदस्य एकनाथ ढकालले माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट गरेका छन् ।

माल्दिभ्सको संसद भवनमा भएको भेटवार्तामा द्विपक्षीय हित, संसदीय अभ्यासको आदानप्रदान तथा क्षेत्रीय सहकार्य लगायतका विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्यसमेत रहेका सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबाट शुभकामना व्यक्त गर्दै सार्क मुलुकका सभामुख र सांसदहरूबीचको संसदीय आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

सभामुख अब्दुल्लाले नेपाल र माल्दिभ्सबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोगलाई थप सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताए ।

पूर्वमन्त्री समेत रहेका ढकाल माल्दिभ्सको दुई दिने मैत्रीपूर्ण भ्रमणका लागि माल्दिभ्स पुगेका हुन् । नेपाल र माल्दिभ्सबीच सन् १९८० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
 

ADV

सम्बन्धित खबर

Advertise