२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

परराष्ट्रमन्त्रीले भनिन्–विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी भएन

Nada
२०८१ फागुन १६ गते १९:३९
Shares
परराष्ट्रमन्त्रीले भनिन्–विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी भएन

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् । 

ncell

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसकेपनि रिहाइका लागि भने पहल गरिरहेको बताइन् । 

हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताइन् । विपिन जोशीको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरेको उल्लेख गरिन् । 

त्यस्तै उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिइन् । मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालको प्रतिविद्धताका विषयमा जानकारी गराइएको उनले बताइन् । 

उनले जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीहरुसंग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन् । मन्त्री डा. देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् । 

ताजा खबर

सम्बन्धित खबर