२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

'विराटनगरलाई शिक्षाको हव भनेर गर्व गर्न सकिन्छ'

shivam cement
मध्यान्ह
२०८१ फागुन १७ गते १७:३६
'विराटनगरलाई शिक्षाको हव भनेर गर्व गर्न सकिन्छ'

विराटनगर : मोरङको विराटनगर–७ मा रहेको मेरिल्याण्ड कलेजले २२औं वार्षिकोत्सव मनाएको छ । कलेजले शुक्रबार विविध कार्यक्रम आयोजना गरी आफ्नो २२औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरभित्र व्यवस्थापन संकाय पठनपाठनमा निकै अब्बल मानिने मेरिल्याण्ड जस्तो कलेज भएकाले नै विराटनगरलाई शिक्षाको हव भनेर गर्व गर्न सक्ने अवस्था रहेको बताए । 

कार्यक्रममाकलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कलेजले कुनै कसुर बाँकी नराखेको बताए । उनले मेरिल्याण्ड कलेजले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरमात्र नभइ रोजगारमुखी शिक्षालाई प्राथमिकता दिएको बताए । 

'हाम्रो उत्कृष्ट नतिजाको मूल कारण चुस्त व्यवस्थापन, अनुभवी शिक्षक शिक्षिकाको टिम नै हो,' उनले भने, 'विद्यार्थीहरुको विशेष निगरानी, अतिरिक्त क्रियाकलाप, उच्च क्यारिअर डेभलपमेन्ट अपरचुनिटी आदि हाम्रो कलेजका विशेषता हुन् ।'

कलेजका उपाध्यक्ष प्रा.डा. पिके झाले मेरील्याण्डले विश्वमै लोकप्रिय बनिरहेको विकासमैत्री गुणात्मक शिक्षालाई जोड दिएको बताउँदै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा पनि कलेजले उत्तिकै लगानी गरिरहेको बताए । उनका अनुसार कलेजले कविता प्रतियोगिता, वादविवाद प्रतियोगिता, क्वीज कम्पीटिसनजस्ता प्रतियोगिताहरु निरन्तर गरिरहेको छ भने कृषिशाला, भ्रमण, योगा कक्षा, खेलकुद, गेष्ट लेक्चर, मोटिभेसनल स्पीच जस्ता अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई उत्तिकै सक्रिय बनाउने गतिविधिलाई निरन्तर अगाडि बढाइरहेको बताए ।

'हाम्रा विद्यार्थीहरु सीए, म्यानेजर, व्यवसायीका रुपमा काम गरिरहेका छन्,' उनले थपे, 'स्वदेशमा मात्रै नभएर क्यानडा, अमेरिका, अष्ट्रेलियाजस्ता देशहरुका राम्रा विश्वविद्यालयमा छात्रवृत्तिमा पढिरहेका छन्, निकट भविष्यमा मेरिल्याण्डले आफ्ना विद्यार्थीलाई नासासम्म पुर्‍याउने लक्ष्य लिएको छ ।'

वार्षिकोत्सव समारोहमा केलेजले विभिन्न सालमा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अकं प्राप्त गर्ने विद्यार्थी, बीबीएस तहमा बोर्ड प्रथम र द्वितीय हुने विद्यार्थी, कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट गर्ने विद्यार्थी तथा कलेजको आन्तरिक खेलकुद कार्यक्रममा विजयी हुने छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । 

सोही कार्यक्रममा कलेजले आफ्नो उर्जाशील १५ वर्षभन्दा बढी समय कलेजलाई सेवा दिँदै आएका ११ जना शिक्षक तथा कर्मचारीहरुतलाई पनि सम्मान गरेको थियो ।

कलेजका अध्यक्ष गुणराज ढुंगेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यम्रममा विद्यार्थीहरुले विभिन्न प्रकारका नृत्यहरुलगायत कला प्रस्तुत गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise