काठमाडौं : काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोठाटार हत्याका अभियुक्त गुड्डु पटेल रहेका छन् ।
२०७९ असोजमा गोठाटारमा पटेलको समूहले गोली प्रहार गरी लाल मोहम्मदको हत्या गरेको थियो ।
प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली भने पटेललाई लागेको बताइएको छ । पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।