२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

‘महिला चलचित्र महोत्सव’ सम्पन्न 

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते १५:०८
‘महिला चलचित्र महोत्सव’ सम्पन्न 

काठमाडौंः अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’ को आयोजनामा भएको ‘महिला चलचित्र महोत्सव’ सम्पन्न भएको छ ।

‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलबारदेखि सुरु भएको महोत्सव बिहीबार विभिन्न कलाकारहरुलाई सम्मान गर्दै सम्पन्न भएको हो । 

महिला चलचित्र महोत्सवको पहिलो दिन चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरिएको थियो । सन् १९७९ (वि.सं. २०३६) मा रिलिज भएको ‘सिन्दुर’ नेपाली सिनेमाको दोस्रो रङ्गिन चलचित्र हो ।

कार्यक्रमको दोस्रो दिन बुधबार महिला चलचित्रकर्मीद्धारा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन गरिएका थिए भने बिहीबार आज महिला चलचित्रकर्मीहरुलाई सम्मान गरिएको हो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise