२०८२ वैशाख १६ गते मङ्गलवार / Apr 29 , 2025 , Tuesday
२०८२ वैशाख १६ गते मङ्गलवार
Ads

श्रम मन्त्रालय घुस संकलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

मध्यान्ह
२०८१ फागुन २३ गते १४:२९
श्रम मन्त्रालय घुस संकलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रमिकहरुसँग घुस संकलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको दाबी गरे । मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर रहेको उनले बताए ।

‘देशमा रोजगार नपाएर हरेक दिन युवाहरू विदेशिन परेको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हुनुपर्ने हो । तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप छ,’उनले भने,‘अहिले आएर भविष्य यहाँ नदेखेर विदेश जान बाध्य श्रमिकहरुसँग घुस संकलन गर्ने अड्डा बनेको सर्बत्र बजारमा जानकारी छ । प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदा समेत पनि बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनिरहेको छ । सरकारको गम्भीर ध्यानाकर्षण होस्’,उनले भने । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर